Logo

विप्लवका छोरा प्रकाश चितवन प्रहरीको नियन्त्रणमा



चितवन, भदौ २५ । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट आज विहान पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

केहि दिनदेखि कलेजमा जारी आन्दोलनको नेतृत्व गरिरहेका उनलाई पक्राउ पश्चात जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

चन्दसहित अन्य केहि विद्यार्थीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनी प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का एक्ला छोरा हुँन् ।



प्रतिक्रिया दिनुहोस्