Logo

२५ सय दरको सिक्कामा सत्यमोहन



काठमाडौं, भदौ २५ । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर ती सिक्काहरू सार्वजनिक गरेका थिए।

जोशीले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता साँगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदर स्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्बिर अंकित सो दरका सिक्का ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको हो। उक्त सिक्काहरू नेपाल राष्ट बैकले निस्कासन गरेको हो।



प्रतिक्रिया दिनुहोस्