Logo

चिनियाँ राष्ट्रपति नेपाल आउलान् ?



चिनियाँ विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति सि जिङपिङले नेपाल भ्रमण गर्न सक्ने बताएपनि मिति भनेनन् । जतिसक्दो जुनसुकै बेला जतिसक्दो छिटो भ्रण गर्नसक्ने मात्र बताए ।

वाङले चिनियाँ राष्ट्रपतिको भ्रमणको संकेत गरेपनि प्रष्ट पारेनन् । नेपालमा अहिले चिनियाँ राष्ट्रपतिको भ्रमणको चर्चा चलिरहँदा चिनियाँ पक्षले स्पष्ट पारेको छैन । भारत भ्रमणमा जाने क्रममा जिङपिङ केही घन्टा नेपाल रोकिने भनिएको छ । दक्षिण एशियाका कतिपय देशमा चिनियाँ राष्ट्रपतिले यसरी नै केही घन्टा रोकिएर भ्रमण गरेका थिए । नेपालमा पनि त्यो सम्भावना देखिन्छ ।

भारतसँगको सम्बन्धलाई निकै प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपति भारत भ्रमणका दौरान नेपाल केही घन्टा रोकिन सक्ने भनिएको छ । त्यतिमात्र भयो भनेपनि २३ वर्ष देखि चिनियाँ राष्ट्रपतिबाट हुननसकेको नेपाल भ्रमण हुनेछ । यसले क्षेत्रीय राजनीतिमै नयाँ सन्देश प्रवाह गर्न सक्छ । नेपाल मामलामा चीनको बढ्दो चासो प्रकट हुनसक्छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना रहेपनि चीनले भारतसँगको निकटतालाई जोखिममा पार्न नेपाल मामलामा कुनै कदम चाल्ने सम्भावना भने देखिदैन । चीनको भारतसँगको व्यापार सम्बन्ध देखि रणनीतिक निकटताका कारण पनि नेपाल मामलामा चासो अत्याधिक बढाउने सम्भावना कम छ । भारतसँग मिलेरै नेपाल मामलामा चीन अगाडि बढिरहेको सन्देश सि जिङपिङले प्रचण्डलाई गोवामा बोलाएर दिइसके । तत्कालिन प्रधानमन्त्री प्रचण्ड गोवा पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सि जिङपिङसँग भेटेका थिए । Photo Source: Hongkong Press & Facebook



प्रतिक्रिया दिनुहोस्