Logo

गण्डकी प्रदेशमा प्रहरी साझेदार अन्तरक्रिया कार्यक्रम सम्पन्न



लमजुङ, २५ भदौ । प्रहरीले समुदाय — प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेको प्रमुख आतिथ्यमा समुदाय — प्रहरी साझेदारी अन्तर्गत २४ भदौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रहरीले नागरिकको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गरी सुरक्षाको प्रत्याभूति गराउन “समुदाय(प्रहरी साझेदारी” कार्यक्रमलाई निरन्तरता दिई सक्रिय रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय आमा समूह, युवा क्लव, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक घिमिरेले उक्त कार्यालयको २३ भदौमा निरीक्षण समेत गरेका थिए । निरीक्षणको क्रममा उनले अपराध र अमानविय कार्यप्रति कानुनी कठोरताको नीति अवलम्बन गर्दै प्रहरीले कार्य सम्पादन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्