Logo

कन्ट्रोवर्सी क्वीन राखी सावन्त सधैको लागि भारत छोड्दै



बलिउडकी महारानी तथा कन्ट्रोवर्सी क्वीन राखी सावन्त सधै आफ्नो बयानका कारण चर्चामा आउने गर्छन् । सामाजिक सञ्जालमार्फत राखीले आफ्नो गीत छप्पन चुरीलाई फ्यानहरूबाट हिट बनाउन अनुरोध गरिरहेकी छिन साथै अब सधैको लागि भारत छोडेर आफ्नो पतिसँग बेलायतमै बस्ने बताएकी छिन् । उनले गोप्य रुपमा बेलायतस्थित एनआरआईसँग विवाह गरेकी छिन् ।

 

भिडियोमा राखीले आफ्नो यो गीत ६ नम्बरमा रहेको र आफु बेलायत जानु भन्दा अगाडि १ नम्बरमा ल्याउन चाहेकी छिन् । आफुले १२/१५ वर्ष यस क्षेत्रमा मेहेनत गरेर बसेको र अब छोडेर जानु अगाडि फ्यानहरुको सहयोगले फिल्मी क्षेत्रमा आफ्नो अन्तिम गीतलाई हिट बनाउन अनुरोध गरेकी छिन् ।

राखी सिन्दुर र मंगलसुत्र लागाएर भिडियोमा देखा परेकी छिन् । राखीले आफ्नो पतिको बारेमा मिडियामा अरु केही बताएकी छैनन् ।

हेर्नुहोस् भिडियोः

Photo/Video Source: Rakhisawant Instagram



प्रतिक्रिया दिनुहोस्