Logo

वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ



काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–३ का बिनोद बस्नेत र बिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई २३ भदौं दिउँसो पक्राउ गरेको हो । उनीहरु वैदेशिक रोजगारको लागि मकाउमा आकर्षक तलब हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा पटकरपटक गरी १९ लाख १० हजार रुपैयाँ लिई फरार भएका थिए ।

महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं हाँडीगाउँबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट राजु केसीको नामको ०५–५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६–४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत बरामद गरेको छ ।

महाशाखा प्रहरीले निजलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्