Logo

ब्राउन सुगरसहित पक्राउ



सिराहा । प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका–६ बस्ने २१ वर्षीय राहुल भन्ने जिवछ कुमार साहलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ७ सय ५० मिलीग्राम सहित २४ भदौं बिहान पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले साहको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा प्लाष्टिकको पोकामा तयार पारिएको लागूऔषध ब्राउन सुगर फेला पारेको छ ।

प्रहरीले अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने १९ वर्षीय राजन विश्वकर्मालाई समेत पक्राउ गरेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्