Logo

पेस्तोल सहित पक्राउ



काठमाडौं । प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर, सूर्यविनायक नगरपालिका–९ भाते ढिकुरबाट बारा फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई कटुवा पेस्तोल १ थान र सोको गोली ६ राउण्ड सहित २३ भदौं बेलुका पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका साहलाई जाँच गर्ने क्रममा पेस्तोल सहित पक्राउ गरेको छ ।

त्यसैगरी, प्रहरीले बारा, जितपुर सिमरा उपमहानगरपालिका–२२ नयाँबस्तीस्थित जंगलबाट २३ भदौं साँझ बेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक १ थान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंज खटिएको प्रहीले उक्त बन्दुक बरामद गरेको हो ।
स्थानीय प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्