Logo

१९ महिनापछि जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ



काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका बसुन्धारा बस्ने जुम्ला सिजा गाउँपालिका–२का ३१ वर्षीय मनोज खत्रीलाई बसुन्धाराबाट २३ भदौं पक्राउ गरेको हो ।

खत्री वि.स. २०७४ माघ २० गते काठमाडौं महानगरपालिका–१० बानेश्वर बुद्धनगरबाट फरार भएका थिए । महाशाखाले खत्रीलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्