Logo

प्रधानमन्त्री ओली अस्पतालमा, मुटुमा राखिएको नली निकालियो



काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्। ओलीको मुटुमा राखिएको क्याथेटर (नली) बुधबार बिहान निकालिएको छ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयले दिएको जानकारीअनुसार उनी नियमित फलोअपका लागि आज अस्पताल पुगेका हुन्। मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए।



प्रतिक्रिया दिनुहोस्