Logo

लिथुवानियामाथि पोर्चुगलको ५-१ को जित, रोनाल्डो एक्लैले गरे चार गोल



युरोप, २५ भदौ । युरोकप-२०२० छनौट अन्तरगत मंगलबार भएको खेलमा लिथुवानियालाई पोर्चुगलले ५-१ ले पराजित गर्दा क्रिश्चियानो रोनाल्डो एक्लैले चार गोल गरेका छन्। योसँगै रोनाल्डोको अन्तराष्ट्रिय गोल संख्या ९३ पुगेको छ। अब उनी सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानबाट मात्र १६ गोल पछाडि रहेका छन्।

सर्वाधिक अन्तराष्ट्रिय गोलको कीर्तिमान इरानका अलि दाएको नाममा छ।  रोनाल्डोको यो आठौं अन्तराष्ट्रिय ह्याट्रिक हो। यसअघि रोनाल्डोले सन् २०१६ मा एण्डोराविरूद्ध चार गोल गरेका थिए।

मंगलबारको खेलमा रोनाल्डोले खेलको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै पोर्चुगलको खाता खोलेका थिए। त्यसपछि उनले बाँकी ३ गोल क्रमशः खेलको ६१, ६५ र ७६ औं मिनेटमा गरे। यस्तै टोलीका लागि पाँचौ गोल विलियम कारभालोले अतिरिक्त समयको दोश्रो मिनेटमा गरेका थिए।

यस्तै लिथुवानियाका लागि एकमात्र गोल विताउनास एण्ड्रियुस्केविसियसले खेलको २८ औं मिनेटमा फर्काएका थिए।  जितसँगै समूह ‘बि’मा युग्रेनभण्दा पाँच अंकले पछिरहेको छ। युग्रेनले १३ अंक जोडेको छ भने पोर्चुगलको ८ अंक रहेको छ। एजेन्सी 



प्रतिक्रिया दिनुहोस्