Logo

एयरपोर्टबाट अवैध सुन सहित पक्राउ



काठमाडौं । प्रहरीले अवैध रुपमा ल्याएको सुन सहित पक्राउ गरेको छ । प्रहरीले नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्डको बैङ्ककबाट नेपाल आएका राहदानी नम्बर ११२१९४२९ बाहक मनाङ मिस्याङ गाउँपालिका–१ का ५७ वर्षीय कर्मा टासी गुरुङलाई अवैध सुन सहित २३ भदौं बेलुका पक्राउ गरेको हो ।

प्रहरीले करिब ३ सय ८० ग्राम सुन सहित उनलाई पक्राउ गरेको छ । प्रहरीले एयरपोर्ट भन्सार एरियामा मेटल डिटेक्टर र मेडिकल एक्सरे गरी जाँच गर्दा गुरुङको मलद्वारको पछाडिपट्टी उक्त सुन फेला परेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्