Logo

यी हाँस्यकलाकारलाई फोहोर शौचालय देख्नै नहुने



काठमाडौं, भदौ २५ । हाँस्यकालाकार श्रीकृष्ण सिंखडा आजकल फोहोर शौचालय खोज्दै हिंडेका छन् । जहाँ जहाँ फोहोर शौचालय छ त्यहाँ उनी पञ्जा मास्क लगाएर बुरुस झिकेर सफा गर्न थालिहाल्छन् ।

काठमाडौंबाट उनले शौचालय सफाई अभियान थालेका हुन् । यसलाई देशभर संचालन गर्ने योजना बनाएका छन् । आज उनी विहानै पशुपति मावि चावहिलको शौचालय सफा गर्न पुगे । शौचालय टलक्क टल्काए । विद्यालय र अस्पताल जस्तो स्थानमा झन् शौचालक सफा हुनुपर्ने बताउँछन् सिंखडा । यो अभियान देशव्यापी बनाउने उनको भनाई छ ।

उनी फोहोर शौचालल भएको विद्यालय र अस्पताल खोज्दै हिंडेका छन् । शौचालय सफा गरेपछि भविष्यमा व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्छन् । उनी भन्छन्, ‘सभ्य हो होइन चिनाउने शौचालय पनि हो । त्यसैले शौचालय सफा हुनैपर्छ ।’

देशका जुनसुकै नेताको बोलीको नक्कल गर्न सक्ने श्रीकृष्ण सिंखडा रेडियो कार्यक्रम पनि चलाउँछन् । सामाजिक उत्तरदायित्व सम्झेर शौचालय सफाई अभियानमा लागेको भन्दै सबैको साथ मिलिरहेको बताए । देशभर शौचालय सफा बनाएर छाड्ने प्रतिज्ञा गरे सिंखडाले ।



प्रतिक्रिया दिनुहोस्