Logo

दशैंको मौका छोपी कालोबजारी गर्नेलाई छानी छानी जेल हाल्छु- मन्त्री यादव



उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव खरो बोल्छन् । उनी कसैलाई नटेर्ने र कर्मचारीलाई समेत हाइलकाइल पार्ने मन्त्रीको परिचय बनाउन सफल छन् । यादवसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपालले कुन–कुन क्षेत्रमा भारतको सहयोग लिन्छ ?
यही विकासको क्रम अन्तर्गत पेट्रोलीयम पदार्थमा पाइपलाइनको व्यवस्था भएको हो । अन्य प्रोटजेको लागि धमाधम काम हुँदैछ । त्यसैले नेपालको आर्थिक विकासको लागि कामहरु अगाडि बढेको छ ।
नेपालको विकासको लागि भारतको कुनै समस्या छैन ?
समस्या छैन । त्यस्तो कुनै समस्या आयो भने हामी आपसी छलफलद्वारा हल गर्दछौं ।
तपाईं उद्योग वाणिज्य मन्त्री भएपछि यस क्षेत्रमा समस्या कम भएको हो ?
समस्याबिनाको कुनै चिजै हुँदैन । तर, जुन प्रकारको समस्या तपाईंहरु कोट्याउन खोज्नुहुन्छ त्यो खालको समस्या छैन । दुई छिमेकी मुलुक बीचमा समस्या देखियो भने आपसी छलफलबाटै समाधान गर्न सकिन्छ । तर, त्यस्तो एकदमै पहाड जस्तो हलै गर्न नसकिने समस्या होइन ।
तर, तपाईलाई त भारत विरोधी गतिविधिको आरोप छ नि ?
त्यस्तो भारत विरोध गतिविधि नेपालबाट कहिल्यै भएको छैन । त्यस्तो गतिविधि गरेको जस्तो पनि लाग्दैन ।
नेपालमा भारत विरोध गतिविधि नेपालमा भएको छ ?
पटक्कै भएको छैन । हामीले नेपालमा भारत विरोध गतिविधि गर्न दिएका छैनौं ।
सीमा क्षेत्रमा आपराधिक घटना भइरहेको उनीहरुको आरोप छ नि ?
कुनै भारतीयबाट नेपालले भारत विरोधी गतिविधि गरेको छ भनेर सुनेको छैन । त्यसै मनगढन्ते कुरा नगरौं न ।
त्यसो भए एन्डी इण्डियन गतिविधि नेपालमा भएको छैन ?
त्यस्तो कदापि हुन सक्दैन । कुनै पनि अपराधि गतिविधि गर्न नेपाललाई हामी प्रयोग हुन दिँदैनौं । यो प्राथमिकताको विषयभित्र पर्दछ । कुनै विदेशी भिसा लगाएर नेपाल आयो । उसले नेपालमा उभिएर कुनै देशको विरुद्धमा नारा लगायो भने त्यो नेपालले लगायो भनेर हुन्छ ? त्यसमा नेपालले के गर्यो ? त्यसलाई नेपालले नियन्त्रण ग¥यो कि गरेन त्यो ठूलो कुरा हो । कुनै छिमेकी विरुद्ध नेपाललाई प्रयोग गर्न हामी दिँदैनौं ।
नेपाली बजारमा चिनीयाँ तस्करहरुको प्रभाव त ह्वात्तै बढ्यो नि ?
मलाई त त्यस्तो चिनीयाँ तस्करहरुको नेपाली बजारमा प्रभाव बढेको जस्तो लाग्दैन ।
धमाधम बैंकका एटिएमहरु ह्याक भए नि ?
ती व्यक्ति त पक्राउ परे नि । बरु इण्डियामा पक्राउ गर्न सकेको थिएन ह्याकरहरुलाई नेपालले पक्राग गरिसक्यो । त्यसले गडबड गर्नेलाई नेपालमा छुट छैन ।
नेपालको विकासको भारत र चीनको सहयोग अपरिहार्य छ तर तपाईहरुले त्यो अनुरुप काम गर्न सक्नु भएन नि ?
यसलाई यसरी बुझ्नुपर्छ । जनताको अपेक्षा हामीले नै जनाएका हौं । जसरी प्रधानमन्त्रीजीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि सार्नुभएको छ । त्यो पनि हामीले नै जगाएका हौं । त्यो पूरा पनि हामीबाटै हुन्छ अरुबाट सम्भव छैन । हामीले पञ्चायती व्यवस्था विरुद्ध नारा लगायौं भन्ने वित्तिकै त्यो हट्यो त ? त्यो हटाउन ३० वर्ष लाग्यो । हाम्रा पूर्खाहरु राणाहरुको विरुद्ध लड्न सयौं वर्ष लाग्यो । त्यसैले विकास भन्ने कुरा एकैचोटी हुँदैन । अहिले मुलुक राम्रो ट्र्याकमा गएको छ त्यसको पो मूल्यांकन गर्नुपर्छ ।
तर, जनताले त परिणाम खोजेका छन् नि ?
हो, जनताले परिणामुखी काम खोजिरहेका छन् । तर सरकारले केही गरेको छैन भन्नेमा म विश्वस्त छैन । किन भने हामीले घुसखोरी, भ्रष्टाचारी, अनियमितता गर्ने थुप्रैलाई कारबाही गरिरहेका छौं । त्योभन्दा कयौं गुणा बदमासी गर्नेहरु सचेत भइसकेका छन् । महंगीका कुरामा पनि जब हामीले उपभोक्ता ऐन बनाइसकेका छौं । अनियमित ढंगले जथाभावी कालाबजारी गर्नेहरु जेल पनि जान सक्छन् । अब यस्ता अनियमितताका घटनाहरु विगत भन्दा कमै हुन्छन् ।
चाडपर्वको आगमनसँगै बजार मूल्य ह्यात्तै बढेको छ अनुगमन गर्नुभएको छ ?
दशैं, तिहार, छठलगायतका मुख्य वर्षहरुको आगमनसँग हुने मूल्य बृद्धिलाई लिएर हामीले स्थानीय, प्रदेश र संघ तिनै तहका जनप्रतिधि, मन्त्रीज्यूहरुलाई बोलाएर आपूmखुसी गरिने कालाबजारीलाई रोक्न ब्यापक छलफल गरेका छौं । त्यस्तो पाइएमा तुरुन्त कारबाही गर्न निर्देशन पनि गरेका छौं ।
नेपाली जनतालाई चाडपर्वमा आपूर्तिमा कुनै समस्या हुँदैन ?
कुनै समस्या हुँदैन । त्यस्तो समस्या देखिएमा हामी तुरुन्तै कारबाही गर्छौ ।
कालाबजारीहरुलाई तपाईं कारबाही गर्न सक्नुहुन्छ ?
यसपालिको चाडपर्वमा कालाबजारी नै हुँदैन ।
अहिले धेरै ठाउँमा कालाबजारीयाहरुले आफ्नो पहुँच र प्रभाव बढाइरहेका छन् के भन्नुहुन्छ ?
यसबारेमा मलाई एक÷दुईवटा सोच्न दिनुस् न । त्यस्तो भयो भने अनि कुरा गरौला ।
चिनीमा झन् कालाबजारी भइरहेको छ ?
चिनीको क्षेत्रलाई त हामीले झन् व्यवस्थित गरेर राखेका छौं । हिजो मात्र हामीले ७२ रुपैयाँमा चिनी उपलब्ध गराउने घोषणा गरेका छौं ।
सर्लाहीका ऊखु किसानहरुको हालत थाहा छ ?
त्यो मलाई राम्रोसँग थाहा छ ।
किसानहरुले ऊखुको पैसा पाएका छैनन् नि सरकार किन चुप ?
यस विषयमा मैले मन्त्री भएर नै गृहमन्त्रालयमा निवेदन हालेको छु । मन्त्रीले तोक पनि लगाउनुभएको थियो । तिनीहरुलाई किन कारबाही भइराखेको छैन मलाई थाहा भएन ।
सर्वहाराको वर्गको सरकार होइन यो ?
हो, त्यसमा दुईमतै छैन ।
यसले पुँजीपतिको मात्र काम गरेको छ नि ?
पूँजीपति नै यहाँ चोर टाइपको छ । भागेर हिड्छन् । मैले कारबाहीको लागि गृहमन्त्रालयमा निवेदन हालेको हो । तर, बहाना गर्दारहेछन् बिरामी भएको । हर्टको बिरामी भन्ने आईसीयुमा बसेर पान खाने त्यस्तो समस्या देखियो ।
आपूर्तिमन्त्रीले कारबाही गर्नुपर्दैन किसानमाथि अत्याचार गर्नेलाई ?
हामीले अनुगमन गर्ने हो । अनियमितता भएको छ नि छैन भनेर । अनियमितता पाइएमा त्यसलाई कारबाहीको लागि सिफारिस गर्ने हो । कारबाही त गृहमन्त्रालय गर्ने हो ।
तिनै तहका जनप्रतिनिधिहरु भ्रष्ट भए भन्ने व्यापक गुनासो छ नि ?
मुलुकमा भ्रष्टाचार भइराखेको थियो । अहिलेको सरकार भ्रष्टाचारीलाई पक्राउ गर्ने, कारबाही गर्ने गर्न लागेको छ । ंपहिलादेखिका भ्रष्टाचारीलाई कारबाही गरेको समाचार आउँदा त्यस्तो देखिएको । त्यसैले अहिले भ्रष्टाचार भएको होइन भइराखेको भ्रष्टाचारको उजागर भएको हो ।
अहिलेको सरकार त धेरै अनियमितताका काण्डैकाण्डमा फसेको छ नि ?
अहिलेको सरकारले देशमा जति पनि अनियमितता भएका छन् । तिनको छानविन गरिरहेको छ । जस्तै बालुवाटार जग्गा प्रकरण, वइडवडी खरिद, सुनकान्ड, मेलम्ची खानेपानीलगायतका घटनामा ब्यापक छानविन भइरहेकोछ । यी जति पनि अनियमिततामा विगतको सेटिहरु थिए त्यसलाई ब्रेक गर्ने कामहरु भइराखेकोछ ।
यो सरकारले जनताको मन छुने एउटा काम गरेको तपाईं बताउन सक्नुहुन्छ ?
हिजै पनि एउटा भएको छ । यो पाइपलाइनको प्रक्रिया हाम्रो सरकारले गरेको हो । अनि किन भएको छैन ? जनताको मन छुने काम ।
यो प्रक्रिया त पहिले नै अगाडि बढेको हो नि ?
कहाँ पहिला भएको छ । हाम्रो प्रधानमन्त्री र मोदीजीले सिलान्यास गरेपछि यो काम सुरु भएको हो । पहिला कहाँ सुरु भएको थियो ?
प्रचण्ड प्रधानमन्त्री हुँदा पनि भारतसँग यसबारेमा कुरा भएको थियो नि ?
पहिलादेखि यो प्रक्रियामा सामेल हुने सबै साथीहरुलाई मैले धन्यवाद दिएको छु । हाम्रै पालामा एकैचोटी सबै चिज भएको भन्ने खोजेको होइन । तर, पाइपलाइनको कुरामा सिलान्यस त यो सरकारकै पालामा भएको हो ।
त्यसो भए केपी शर्मा ओली सफल प्रधानमन्त्री हो ?
हेर्दै, प्रतिक्षा गर्दै जानुस् । त्यो त जनताले मूल्यांकन गर्ने कुरा हो ।
जनताले सरकारप्रति असन्तुष्टी प्रकट गरेका छन् नि ?
जनताले चुनेको प्रधानमन्त्री हुन् । जनताद्वारा निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरु भएकाले उनीहरुले नै म्यूल्यांकन गर्दछन् । यो सरकार सफल छ कि असफल भन्ने कुरा ।
जनताको मूल्यांकनमा त सरकार असफल भयो तपाईंकोमा के छ ?
त्यो जनतासामु गएर सोध्नुपर्छ । उनीहरुको नजरमा कति सफल, असफल छ भन्ने कुरा उनीहरुले भन्ने हो ।
माधव नेपाल र प्रचण्डले त यो सरकारले राम्रो काम गर्न सकेन भनेका छन् नि ?
मैले आफ्नो क्षेत्र र पाएको जिम्मेवारीमा काम गरिरहेको छु । कसले के भन्छ त्यतातिर म लागेको छैन । म आफ्नो काममा लागेको छु ।
यो क्याविनेटका मन्त्रीहरुले जनताको लागि के काम गरे ?
म आपूर्ति मन्त्री भएपछि तेल आपूर्ति सुचारु भइराखेको छ । अन्य आपूर्तिभा कहिल्यै समस्या भएको छैन । जति रुग्ण उद्योगहरु थिए त्यसलाई सञ्चालन गर्ने प्रयासहरु भएका छन् । औद्योगिकरणका लागि हामी प्रयास गरिराखेका छौं । हिजो बन्द रहेका उद्योगलाई सुचारु गर्न ऐनहरु बनाइरहेका छौं ।
रुग्ण उद्योग त अर्थमन्त्रालय अगाडि बढाउने हो नि ?
त्यो पहिला थाहा थिएन पछि थाहा भयो त्यसपछि उहाँहरुलाई फाइल अगाडि बढाउन आग्रह गरेका छौं ।
यो सरकारले एउटा राष्ट्रियस्तर उद्योग सञ्चालन गरेको छ ?
यो सरकारले केही परिणाममुखी र दीर्घकालीन कामको लागि अगाडि बढिरहेको छ । छिट्टै नै हामीले नेपालमा फलामको उत्खनन् गर्न लागेका छौं । अहिले प्रेट्रोल खानीको अनुसन्धान भइरहेको छ । केही भएकै छैन भन्ने होइन ।
फलाम खानी नेपालमा छ ?
छ भनेर मैले कम्पनी नै बनाइसकेको छु ।
फलाम खानी सञ्चालन गर्न सक्नुहुन्छ ?
सकिन्छ किन नसक्नु । तर, भन्नेबित्तै कहाँ हुन्छ दालभात जस्तो ।
नेपालमा फलाम खानी सञ्चालन गर्न कति समय लाग्छ ?
यो ठ्याक्कै यो दिन भनेर हुँदैन । त्यसको प्रक्रियामा जाँदैछ । अब छिट्टै एउटा रिजन्ट आउँदैछ । कमर्शीयल दृष्टिले कति लाग्छ भनेर । त्यो रिजल्ट आएपछि कामको थालनी हुन्छ ।
नेपालमा पट्रोलीयम पदार्थ उत्खनन गर्न सकिन्छ ?
मैले फलाम खानी भनेको पेट्रोलियम पदार्थको ड्रिलिङ भइराखेको छ । असोजमा अर्को टोली अनुसन्धानको लागि आउँदैछ । त्यसले तेल कति छ भनेर अनुसन्धान गर्छ । यो सबै हेरेर हामी एउटा निचोडमा पुग्छौं ।
नेपालमा सबै चिजहरु छन् नेताहरुको काम गर्ने इच्छाशक्ति छैन, हो ?
इच्छाशक्ति भएकाले नै यो प्रक्रिया अगाडि बढिरहेको छ नि । काम गर्ने दृढ इच्छाशक्तिका साथ काम अगाडि बढिरहेको छ ।
प्रधानमन्त्रीले त काम नगर्ने मन्त्रीलाई हटाउँछु भन्नुभएको छ नि ?
उहाँलाई कसले रोकेको छ ?
तर, मन्त्रीहरुले दबाब दिएका छन् हामीलाई हटाउनुभयो भने बिद्रोह गर्छु भनेर ?
उहाँलार्इृ मन नपर्ने मन्त्रीलाई जति बेला पनि हटाउन सक्नुहुन्छ । मातृका यादव मलाई नहटाउनुस् भनेर कहिल्यै जाँदैन ।
त्यसो भए तपाईं सफल मन्त्री हो ?
मैले जति सकेको छु राम्रो काम गरेको छु । देशलाई घाटा पुग्ने, कसैलेलाई अहित गर्ने काम मैले अहिलेसम्म गरेको छैन । काम गर्ने वातावरण बनेको भए यो भन्दा बढी काम हुन्थ्यो त्यो हुन नसकेको मलाई लागिरहेको छ ।
तपाईंलाई माफियाको दबाब छैन ?
म कसैको दबाबमा जाने आन्छे होइन । अरु दबाबमा जान्छन् होला त्यो दबाब र प्रभाव मबाट पनि खोजछन् तर म त्यो खालको मान्छे होइन ।
यो संविधान दिनवसलाई महन्त र उपेन्द्रहरुले त कालो दिवस भनेका छन् नि ?
मलाई लाग्दैन । उहाँले यो संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउँछन् भनेर ।
राजपाले घोषणा नै गरिसक्यो नि ?
तपाईंले उपेन्द्र यादव पनि भन्नुभएको थियो त्यो त आएको छैन नि । तपाईं सबैलाई एकैतिर किन धकेलिदिनुहुन्छ ? जसको धारणा आएको उसलो त्यसैमा धकेलिदिने काम गर्नुहुँदैन ।
नेपालले भारतको विश्वास जितेर काम किन गर्न सकेन ?
पहिलाको तुलनामा धेरै विश्वास बढेको छ । लगानीको वातावरण बनिरहेको छ । पछिल्लो समय थुप्रै लगानीकर्ताहरु नेपाल आइरहेका छन् । त्यसैले विश्वास बढेर गएको छ ।
तपाईंले त्यसो भनिरहँदा लगानी त २५ प्रतिशतले घटेको छ नि ?
लगानी घटेको छैन भनेर म ग्यारेन्टी गर्न सक्छु । त्यतिकै हचुवामा २५ प्रतिशतले घटेको भन्न मिल्दैन ।
अरुण तीनमा पनि समस्या छ नि ?
समस्या हुनु एउटा कुरा हो । तर देश अगाडि बढेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
वैदेशिक लगानीको लागि सुरक्षाको प्रत्याभूति दिन सकेको छैन नि ?
किन नदिनु दिइरहेको छ ।
नेत्रविक्रम चन्दलाई वार्तामा ल्याउन सक्नुहुन्छ ?
त्यो जिम्मा मेरो होइन ।
तपाईंको त असल मित्र हो नि नेत्रविक्रम चन्द ?
असल मित्र त हामी सबै माओवादी थियौं नि । तर, अहिले उहाँले समातेको बाटो ठिक छैन । उहाँ वार्तामा आउनुपर्छ तर मेरो जिम्मामा त्यो छैन ।
गणतन्त्रलगायत अहिलेको परिवर्तन संकटमा परेको हो ?
मानिसहरुले हल्ला गर्नु एउटा कुरा हो । तर, नेपालमा अहिले जति परिवर्तन भएका छन् । जस्तै धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र समानुपातिक प्रतिनिधित्वको विषयालई कसैले उल्टाउँछु भन्नु दिवा स्वप्ना मात्रै हो ।
अहिलेको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको छ नि ?
हामीमाथि कसैले बढाइदियो होला । तर, गणतन्त्रमाथि बढेको छैन ।
राजसंस्था आउने सम्भावना छ ?
त्यो सम्भवै छैन । पूर्वराजा ज्ञानेन्द्र राजनीति गर्ने हो भने चुनाव लड्नुपर्छ । उहाँलाई विभिन्न ज्योतिषी, जोगी, कसकसले भविष्यवणी गरिदिएको हुन्छ तपाई फेरि राजा हुनुहुन्छ भनेर । जोगीहरुको भविष्यवाणीमा समय खर्च गर्नुभन्दा जनतासमक्ष गएर चुनाव लड्नु राम्रो हो । भारतमा पनि कति राजपरिवारको मान्छेले चुनाव लडेका छन् । हाम्रोमा पनि चुनावमा गयो भने भोट पनि आउन सक्छ ।
नेताभन्दा पूर्वराजा पपुलर भए भन्ने छ नि ?
उहाँ पपुलर हुनुभएको छैन । भएको भए त हामीलाई पल्टादिनुहुन्थ्यो होला नि । भ्रममा पर्नुभयो भने अहिले त सत्ता च्युत मात्र हुनुहुन्छ । भ्रमको पछि लाग्दा त्यो भन्दा बढी दुःख हुन्छ ।
पूर्वराजाको सुविधा खोसिन्छ ?
गडबड गरियो भने सुविधाहरु खोसिन्छ । हिजो हामीलाई बोल्न नदिने उहाँहरुलाई त सुविधा दिएर राखेका छौं ।
प्रचण्डले त पूर्वराजालाई चेतावनी दिनुभएको छ नि ?
उहाँले ठीक भन्नुभएको छ । उहाँलाई सुध्रिनको लागि खुल्लामञ्चबाट मैले पनि भनेको थिएँ । उहाँले प्रचण्डले भनेको मान्नुभएन भने दुःख पाउनुहुन्छ ।
आलोपालोको कुरा थियो अब त्यही सहमति अनुसार हुन लागेको हो ?
प्रचण्डले त अझ उहाँले पुरै समय चलाए हुन्छ । मलाई पार्टीको जिम्मा दिँदा हुन्छ भनेर ।



प्रतिक्रिया दिनुहोस्