Logo

विश्वकप फुटबल छनोटमा आश्चर्यजनक परिणाम (को जिते को हारे)



विश्वकप फुटबलको एशिया प्यासिफिक छनोटमा आश्चर्यजनक परिणाम आउन थालेको छ । मङ्गलबार सम्पन्न भएको खेलमा भारतले सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारलाई गोलरहित बराबरीमा रोकेको छ ।

विश्वकप खेलिसकेको साउदी अरेबियालाई यमनले बराबरीमा रोकेको छ । यमनले आश्चर्यजनक परिणाम निकाल्दै २-२ को बराबरीमा रोकेको हो ।

चीनले मालदिभ्समाथि ५-० को जीत निकालेको छ । अफगानिस्तानले बँगलादेशलाई १-० ले पराजित गरेको छ । विश्वकप खेलिसकेको जापान र दक्षिण कोरियाले पनि कठिन जीत निकालेका छन् ।

परिणाम
गुआम १-४ फिलिपिन्स
मालदिभ्स ०-५ चीन
ताइवान ०-२ नेपाल
कुवेत ०-३ अष्ट्रेलिया
हङकङ ०-२ इरान
कम्बोडिया ०-१ बहराइन
सिंगापुर २-१ प्यालेस्टाइन
यमन २-२ साउदी अरेयिबा
कतार ०-० भारत
अफगानिस्तान १-० बँगलादेश
मँगोलिया ०-१ ताजिकिस्तान
म्यानमार ०-२ जापान
मलेशिया १-२ युइए
इन्डोनेशिया ०-३ थाइल्यान्ड
तुर्केमिनिस्तान ०-२ उत्तर कोरिया
श्रीलंका ०-१ उत्तर कोरिया



प्रतिक्रिया दिनुहोस्