Logo

लागूऔषधसहित तीन जना पक्राउ



बर्दिया, २५ भदौ । सशस्त्र प्रहरी बलको टोलीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्लाको वाँसगढी नगरपालिका ५ बस्ने बिशाल थारु, विविध थारु र अशोक थारु छन् । बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका २ फुटाहाबाट २४ भदौमा एपीएफ टोलीले करीव २२ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुटाहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
गस्तीमा खटिएको एपीएफ टोलीले उनीहलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको एपीएफ टोलीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्