Logo

अवैध छोकडा बरामद



कञ्चनपुर,२५ भदौ । सशस्त्र प्रहरी बलको टोलीले करीव आठ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको छोकडा बरामद गरेको छ । बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट भाद्र २४ गते एपीएफ टोलीले उक्त परिणमको छोकडा बरामद गरेको हो ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त छोकडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको जनाएको छ ।

बरामद छोकडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot