Logo

मोदीको २७ सय उपहार लिलाम गरी गंगा सफाईमा लगाइने



काठमाडौं, भदौ २५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाएका २७ सय उपहार लिलाममा राखिने भएको छ । यसै वर्षको जनवरी महिना देखि उनले प्राप्त गरेको उपहार १४ सेप्टेम्बरबाट लिलाममा राखिने भएको हो ।

लिलाममा राखिन लागेको उपहारको मूल्य दुई सय देखि साँढे दुई लाख भारतीय रुपैयाँसम्म राखिएको भारतीय संस्कृतिमन्त्री प्रल्हाद पटेललाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । कुल २७ सय ७२ उपहार लिलामीका लागि अनलाइनमा राखिने जनाइएको छ ।

मोदीले प्राप्त उपहार लिलाम गरी गंगा सफाई अभियानलाई हस्तान्तरण गर्दै आएका छन् । २७ सय उपहार विक्रीबाट करोडौं रकम उठ्ने अपेक्षा गरिएको छ ।

व्यक्तिगत सम्पत्ति केही पनि नराखेका मोदीले उपहार पनि देशका लागि समर्पित गर्दै आएका छन् । उनले प्रधानमन्त्री निवासमा समेत आफ्नो कुनैपनि सम्पत्ति जोहो गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्