Logo

फुटबल सुजको अवैध ओसारपसार



झापा,२५ भदौ । सशस्त्र प्रहरी बलको टोलीले अवैध फुटकल सुज बरामद गरेको छ । प्रहरीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरकोे फुटवल सुज बरामद गरेको हो । एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपाकिाल ८ स्थित तीनकुनेबाट भदौ २४ मा बरामद गरेको हो ।

झापाको विर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९८१ नम्बरको यात्रुवाहक बसमा नक्कली बिल बनाई ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको फुटवल सुज फेला पारी बरामद गरेको जनाउको छ ।

बरामद फुटबल सुज एपीएफ टोलीले आवश्यक कारवाहीको स्थानीय भन्सार कार्यालयमा बुझाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्