Logo

बालिका हिंसाप्रति सरकारको ध्यानाकर्षण



काठमाडौँ,२५ भदौ । राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकको शून्य समयमा नेपाली काङ्ग्रेसका धनकुमारी खतिवडाले हत्या, हिंसा र बलात्कारका घटना बढेको तर सरकारले दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उहाँले नवलपरासीमा एक बालिकामाथि १० जनाले सामूहिक बलात्कार गरेको, रसुवाका दुई बालिका बलात्कृत भएको जानकारी गराए ।
काङ्ग्रेसकै मुक्ताकुमारी यादवले २ प्रदेशको लोकप्रिय नारा ‘बेटी बचाऊ’ भए तापनि १५ वर्षीया किशोरीलाई एसिड आक्रमण भएको हुँदा दोषीलाई तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाका मीना बुढाले रोल्पाको शहीदमार्ग सडकखण्डमा पहिरोका कारण बाटो बन्द भएको हुँदा त्यहाँका जनताले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, त्यहाँका कृषि बालीहरु यातायात बन्द हुँदा अदुवा, फलफूलहरु कुहिएर खेर गएको हुनाले तत्काल पहिरो पन्छाई बाटो खोल्नुपर्ने माग गरे ।

नेपाली काङ्ग्रेसका प्रकाश पन्थले सदनमा सांसदले उठाएका धेरै समस्याका बारेमा सरकारबाट जवाफ नआएको भन्दै सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र संसद्प्रति उत्तरदायी हुनुपर्ने माग गरे ।
रासस



प्रतिक्रिया दिनुहोस्