Logo

वृद्धको भेषधारण गरी अमेरिका पस्न खोज्ने युवक यसरी पक्राउ परे



३२ वर्षीय युवकले ८१ वर्षीय वृद्धको भेषमा विमानस्थल प्रवेश गरे । ह्वील चियरमा विमानस्थल पसेर पासपोर्ट देखाए । अध्यागमनमा चेकजाँचका क्रममा एकजना अधिकारीलाई शंका लाग्यो । उनको छाला कोमल देखे, अनुहारमा वृद्धको झलक पाएनन् । सेतो दार्ही र कपाल भएपनि छालाले ८१ वर्षीय देखिदैनथिए ।

न्युयोर्क उड्न लागेको विमानको टिकट काटेका उनलाई विमानस्थलका अधिकारीले सोधपुछ गर्न थाले । शंका लागेर उठ्न भने । ह्वीलचेयरबाट उठ्न नसक्ने दाबी गरे । युवकको कपाल र दार्ही सेतै भएपनि जरा कालो देखिन्थ्यो । त्यसपछि सुरक्षाकर्मीले अनुसन्धानका लागि लगे । तब थाहा भयो उनी ३२ वर्षीय युवक रहेछन् । अर्काको पासपोर्टमा अमेरिका उड्न लागेका रहेछन् ।


यो घटना नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यही हप्ताको आइतबार साँझ भएको हो । सेतो कपडा लगाएर सेतो दार्ही राखेका युवक थिए गुजरातका जयश पटेल । उनले ८१ वर्षीय अमरिक सिंहको पासपोर्ट बोकेका थिए ।-एजेन्सी Photo Source: CIFS



प्रतिक्रिया दिनुहोस्