Logo

अन्तरीक्षमा क्रंक्रिट बनाइयो



वैज्ञानिकहरुले अन्तरीक्षमा विभिन्न परीक्षण गर्दै आएका छन् । यसपटक उनीहरुले क्रंक्रिट बनाउने सफलता हासिल गरेका छन् । यो अन्तरीक्षमा पहिलोपटक बनाइएको हो ।

सून्य गुरुत्वाकर्षणमा बनाइएको क्रंक्रिटलाई पृथ्वीमा बनाइएको क्रंक्रिटसँग तुलना गरिएको छ । बालुवा, सिमेन्ट, रोडा र पानीसहित बनाइएको क्रंक्रिटमा पृथ्वीको तुलनामा कम छिद्र छ । यसबाट वैज्ञानिकहरु उत्साही भएका छन् ।

सुन्य गुरुत्वमा सिमेन्टलाई ठोस बनाउँदा क्रंक्रिटको रसायन विज्ञानबारे समेत अनुसन्धान गरिएको छ । यो कसरी कडा हुन्छ भन्नेबारे समेत अध्ययन भएको जनाइएको छ । यसबारे जर्नल फ्रनटियर्स इन मटेरियल्समा लेख प्रकाशित भएको छ ।

पछिल्लो परीक्षणले क्रंक्रिट निर्माणको अझ विकास गर्न मद्यत पुग्ने विश्वास गरिएको छ ।-एजेन्सी Photo Source: Geek



प्रतिक्रिया दिनुहोस्