Logo

बन अधिकृतसहित तीन जना विरुद्ध मुद्धा



डोटी,२५ भदौ । बन कार्यालयका अधिकृत घुस रकम सहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी. रहेका छन् । डि.सी.ले सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत तीन लाख छब्बीस हजार घुस लिई धनगढीतर्फ जाने क्रममा विशेष सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले तीन लाख छब्बीस हजार घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा डि.सि.ले काठको छुटपुर्जीको सिफारिस लगायत कागजी प्रक्रियामा सहज वातावरण मिलाई दिएबापत सेवाग्राहीसँग पाच लाख साठी हजार माग गरेको देखिएतापनि तीन लाख छब्बीस हजार बरामद भएको अख्तियारले जनाएको छ ।

सुसन जोशीले डि.सि.लाई उपलब्ध गराउन सेवाग्राहीबाट पाँच लाख पैतालीस हजार लिएको मध्येबाट तीन लाख छब्बीस हजार वन अधिकृत डि.सी.लाई उपलब्ध गराईदिएको तथ्य सप्रमाण पुष्टि भएको हुँदा बिगो पाँच लाख पैतालिस हजा असुल गरी जफत हुन मागदावी लिएको छ ।

निवेदक चुरामणी अर्यालले राष्ट्रसेवक वा अन्य व्यक्तिलाई आफ्नो काम गराउनका लागि पाँच लाख पैतालीस हजार घुस लिएको प्रमाणका आधारमा अनुसन्धान कार्यमा सत्य तथ्य खुलाई सहयोग गरेको देखिंदा अर्याललाई सजायको मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीको रुपमा राखी तीनै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा २४ भदौमा मुद्धा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्