Logo

खेलाडी खरिदमा एक अर्ब डलर खर्च गर्दै सिटीले रच्यो किर्तिमान



म्यानचेस्टर सिटी अन्य फुटबल क्लबबाट खेलाडी अनुबन्ध गर्न हालसम्मकै सर्वाधिक रकम खर्च गर्ने टोली बनेको छ । उसले हालको खेलाडीहरुलाई आफ्नो क्लबमा स्थानान्तरणका लागि मात्र एक अर्ब डलर भन्दा बढी रकम खर्च गरेको अध्ययनले देखाएको छ ।

इंग्लिस प्रिमियर लिग विजेता सिटीले आफ्नो हालको खेलाडी संख्यामा यो रकम खर्च गरेको सिआइइएस फुटबल अब्जरभेटरीको अध्ययनले देखाएको हो । सिटीले खर्च गरेको रकम एक खर्ब नेपाली रुपैयाँभन्दा बढी हुनआउँछ । सिटीपछि बढी रकम खर्च गर्नेमा फ्रान्सको पेरिस सेन्ट जर्मेन छ । उसले ९१ करोड युरो खर्च गरेको छ भने रियल मेड्रिडले पनि ९१ करोड युरो नै खर्च गरेको छ ।

सिटीले यसै वर्ष स्पेनी मिडफिल्डर रोड्रीका लागि किर्तिमानी ६ करोड २८ लाख डलर खर्च गरेको थियो । सिटीसँग अगुइरो, जेसस, साने, डि ब्रुन, डेभिड सिल्भा जस्ता विश्वस्तरका खेलाडी छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्