Logo

दोलखामा आत्महत्या रोकथाम विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



दोलखा,२५ भदौ । प्रहरीले बिश्व आत्महत्या रोकथाम दिवशलाई मुख्य विषय बनाएर साझेदारी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा २४ भदौमा सम्पन्न भएको हो । कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. ३ स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सभाहलमा भएको थियो ।

उक्त कार्यक्रममा प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट दोलखामा कार्यरत मनोचिकित्सक डा. विज्ञान लामिछाने, डा. रिना लामिछाने तथा मनोबिमर्शकर्ता सुनिता जिरेल ज्युको बिशेष सहभागिता रहेको थियो । त्यसैगरी महिला संजाल दोलखाका प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी, स्थानिय आमा समुह, दोलखा डान्स ऋचभध ,स्थानिय नागरिक, नागरिक समाजका, टोल सुधार समितिका प्रतिनिधी र पत्रकार समेत गरी जम्मा ३९ जनाको थियो । कार्यक्रम दिउँसो १ बजेबाट ३ बजेसम्म सञ्चालन भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्