Logo

साउथ चाइना सीमा चीनलाई लक्षित गरी अमेरिकाले नौसैनिकमा हतियार बढायो



अमेरिकाले साउथ चाइना सीमा चीनसँगको प्रतिष्पर्धालाई दृष्टिगत गरी नौसैनिक जहाजमा हतियार बढाएको छ । उसले नौसैनिक जहाजमा नयाँ हतियार थपेको अमेरिकी संचारमाध्मले जनाएका छन् ।

नयाँ थपिएको हतियारमा मिसाइल र ड्रोन हतियार छन् । ती हतियार अत्याधुनिक रहेको जनाइएको छ । क्रुज मिसाइलले पनि पत्ता लगाउन नसक्ने प्रकारको मिसाइल र ड्रोनले प्रसान्त सागरमा उसको प्रभाव बढाउने आशा गरिएको जनाइएको छ ।

साउथ चाइना सीमा चीन र अमेरिकाले सैन्य उपस्थिति बढाइरहेको आरोप प्रत्यारोप गरिरहँदा अमेरिकाले पछिल्लो कदम चालेको हो । साउथ चाइना सीमा अमेरिकी उपस्थिति बढ्दो छ । त्यस क्षेत्रमा चीनले अत्याधुनिक हतियारले सुसुज्जित जहाज राखेको छ भने सैनिक विमानस्थल पनि बनाइसकेको छ । साउथ चाइना सीका टापुहरुमा चीनसँग जापान, भियतनाम, फिलिपिन्सलगायत दक्षिणपूर्वी एशियाका देशहरुको पनि दाबी रहेकाले विवाद रहेको छ ।- एजेन्सी Photo Source: Teller Report



प्रतिक्रिया दिनुहोस्