Logo

नेकपा सचिवालय बैठक सम्पन्न, दल दर्ताको जिम्मा विष्णु पौडेललाई



काठमाडौं, २५ भदौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकले मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुनस् दल दर्ताको काम सबै काम सम्पन्न गर्ने जिम्मा महासचिव पौडेललाई दिने निर्णय गरेको हो ।

प्रवक्ता श्रेष्ठले भने,‘’निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुनस् दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो, यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्