Logo

मेरो स्वास्थ्य अवस्था ठीक छ : प्रधानमन्त्री ओली



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएकाछन् ।

आज बसेको सचिवालय बैठकमा ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको बताएका हुन् ।

सिंगापुरमा दुई साता लामो उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार स्वेदश फर्किएका थिए । त्यहाँ उनको रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार विहान मात्र त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । त्यहाँ सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

आजको बैठकमा ओलीले अब नियमित काम गर्न कुनै समस्या नहुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्