Logo

डेंगुबाट ५६ जिल्ला आतंकित, ६ जनाको मृत्यु, ६ हजार संक्रमित



काठमाण्डौ । यतिखेर देशभर डेंगुको त्रास छ । अहिले देशभरका ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा डेंगु देखापरेको छ । मंगलबारसम्ममा डेंगुबाट ५ हजार ९५ जना संक्रकित भएका छन् । दैनिक हजारौँको संख्यामा संक्रमण फैलिएको छ । तर नियन्त्रण गर्न नसकेको सरकारले डेंगुलाई सामान्य रोगको रुपमा परिभाषा गर्दै नडराउन आश्वासन दिएको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडी को तथ्याङक अनुसार भदौ २४ गते मंगलबारसम्ममा ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको छ । यो संख्या दैनिक हजारौले बढिरहेको छ । हालसम्म डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले डेंगुको नियन्त्रणमा तिनै तहको सरकार प्रभावकारी रुपमा लाग्न नसकेको गुनासो गरेको छ ।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल दैनिक बिहानैदेखि बिरामी र उनका आफन्तले भरिन्छ । उपचारका लागि आएका बिरामीहरुपनि घण्टौसम्म लाईनमा बस्नु पर्ने बाध्यता छ । तर पनि गुणस्तरीय उपचार सेवा पाएका छैन्न । विरामीले महामारीको रुपमा फैलिएको डेंगुको उपचार निशुल्क गरिदिनु पर्ने माग राखेका छन् ।

देशका ५६ वटा भन्दा बढी जिल्लामा डंगु फैलिसकेको छ । अस्पतालमा आई जाँच गराएकामध्ये ७० प्रतिशतमा डेंगु देखिने गरेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झण्डै ६ हजारमा डेंगु देखिइसक्दा पनि गम्भीरतापूर्वक लिन सकेको छैन । नागरिक आफैँले पनि सचेतना अपनाउनु त पर्छ नै । तर सरकार नै आफूले केही नगरी नागरिकलाई सुझाब दिएर बसेको छ ।

२४ गतेसम्मको तथ्याङ्कअनुसार अहिलेसम्म सबैभन्दा बढि प्रदेश तीनमा डेंगुको संक्रमण बढि देखिएको छ । यो प्रदेशमा ३ हजार एक सय २६ जनामा डेंगु देखिएको छ । गण्डकी प्रदेशमा ९ स य ७२, प्रदेश १ मा ८ सय ३१, प्रदेश ५ मा ९७, प्रदेश २ मा ३९, सूदुरपश्चिम प्रदेशमा २७ र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्