Logo

मङ्गल ग्रहमा हिमपहिरो



मङ्गल ग्रहमा पनि हिम पहिरो गएको छ । हरेक वसन्त ऋतुमा मङ्गल ग्रहको उत्तरी ध्रुवमा हिमपहिरो जाने गरेको छ । सूर्यको प्रकाश परेपछि त्यहाँ हिमपहिरो जाने गरेको तथ्य पत्ता लागेको छ ।

अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र नासाले मङ्गल ग्रहमा हिमपहिरो गएको तस्बिर सार्वजनिक गरेको छ । तापक्रम बढ्न जाँदा हिउँमा पग्लिदा पहिरो गएको हो । यसको रङ्ग रातो हुन्छ । पहिरो जाँदा दृश्य निकै रङ्गिन देखिन्छ ।

तस्बिरहरु मङ्गल ग्रहमा प्रवेश गरेको यानले पठाएको हो । नासाले मङ्गल ग्रहमा अनुसन्धानलाई गति दिइरहेको छ । उसले यान अवतरण गराइसकेको छ भने मानवसहितको यान पठाउने तयारी गरिरहेको छ । तस्बिर स्रोतः नासा



प्रतिक्रिया दिनुहोस्