Logo

ब्राजिलमा प्रतिघन्टा चार बालिका बलात्कृत



ब्राजिलमा प्रतिघन्टा चारजना १३ वर्ष कम उमेरका केटीहरु बलात्कृत हुन्छन् । बलात्कारको उजूरीमध्ये आधाभन्दा बढीमा १३ वर्ष कम उमेरका केटीहरु पीडित हुने गरेका छन् । त्यहाँको प्रहरीमा हरेक दुई मिनेटमा महिला हिंसाको उजूरी पर्छ ।

मङ्गलबार एक गैर सरकारी संस्थाले सार्वजनिक गरेको अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो । महिला हिंसा खतरनाक बन्दै गएको ब्राजिलियन फोरम अफ पब्लिक सेक्युरिटीले जनाएको छ । २० करोड जनसंख्या भएको दक्षिण अमेरिकी मुलुक असुरक्षित मध्येको देशमा पर्छ । त्यसमाथि महिलामाथिको हिंसा झन् डरलाग्दो छ ।

अध्ययनले महिलाको हत्या देखि घाइते बनाइने घटना समेत बढेको देखाएको छ । सन् २०१५ मा ब्राजिल सबैभन्दा बढी महिलाको हत्या हुने मुलुकको सूचीमा परेको थियो । Photo Source: Prio



प्रतिक्रिया दिनुहोस्