Logo

मुगावेको समाधिस्थलबारे विवाद



जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको समाधिस्थलबारे विवाद परेको छ । ३७ वर्ष जिम्बाबेको शासन गरेर त्यहाँको सेनाले कू गरी सन् २०१७ मा हटाएपनि मुगावे स्वतन्त्रता संग्रामका नायक भएकाले उनको विशेष सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय भइसकेको छ । तैपनि, परिवार देखि मुगावेले लामो समय नेतृत्व दिएको जानु पीएफ पार्टीका नेताहरुबीचको विवाद समाधिस्थलको टुंगो लगाउने विषयमा पनि बाहिर देखिएको छ ।

जिम्बाबे सरकार नभई मुगावेको परिवारको सदस्य देखि सरकारमा रहेकाहरुको विवादले समाधिस्थलको टुंगो नलागेको हो । एउटा पक्ष त्यहाँको स्वतन्त्रता आन्दोलनमा जीवन आहुती दिनेहरुको सम्झनामा स्थापित राष्ट्रिय स्मारकमा समाधिस्थ गर्ने बताइरहेको छ । अर्को पक्ष मुगावेलाई उनकै गाउँ कुटामामा समाधिस्थ गर्न चाहन्छ । कुटामा राजधानी हरारेबाट ८५ किलोमिटर टाढा छ जहाँ मुगाबे जन्मिएका थिए ।

परिवारभित्रको झगडाले मुगावेको समाधिस्थलको टुंगो नलागेको हो । सिंगापुरबाट हरारेमा चाटर्ड विमानबाट मुगावेको शव लगिएको थियो । बुधबार शव जिम्बाबे पुर्याइएपनि समाधी आइतबार मात्र गरिनेछ ।

अफ्रिकी संस्कार अनुसार मृतकको आत्मलाई शान्ति प्रदान गर्न विशेष कर्मकाण्ड गरिन्छ । त्यसैले मुगाबेको शव समाधिस्थ गर्न समय लाग्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्