Logo

किन आए भारतीय पूर्व राजदूत रञ्जित रे



काठमाडौं, भदौ २६ । नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रे यतिबेला काठमाडौंमा छन् । उनी एक सेमिनारमा सहभागी हुन आइपुगेका हुन् ।

सालिन राजदूतका रुपमा रहेपनि रेको कार्यकालमा नाकाबन्दी भएको थियो । यसले नेपाल र भारत दुवै देशबीच सम्बन्ध निकै बिग्रियो ।
भारतको विदेश सेवाबाट सेवानिवृत्त रञ्जित रे पछिल्लो समय बौद्धिक सेमिनारहरुमा सहभागी जनाउँदै आएका छन् । उनी यसै सिलसिलामा काठमाडौं आएको भनिएपनि राजनीतिक भेटघाटमा व्यवस्त भएका छन् । उनले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई भेटेका छन् ।

सेमिनारमै सहभागी हुन नेपाल मामलाका जानकार निहार नायक पनि काठमाडौं आउने तय भएको छ । नायक नेपाल मामलाका थिङ्क ट्याङ्क हुन् ।



प्रतिक्रिया दिनुहोस्