Logo

केपी ओलीलाई पूर्वराजा ज्ञानेन्द्रको जस्तै हालत बनाईदिने देउवाको चेतावनी



काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अधिनायकवादी व्यवहार तत्काल सच्याउन आग्रह गरेका छन् । उनले सरकारको शैली नसच्चिए पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हालत बनाइदिने चेतावनी दिए ।

बुधबार सुनसरीको धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् । उनले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्