Logo

शेष घलेपछि कुमार पन्तद्धारा संघलाई एक करोड रुपैयाँ प्रदान



काठमाडौं, २५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष तथा आसन्न निर्वाचनको लागि अध्यक्षका उम्मेद्धवार कुमार पन्तले संघको अभियानलाई प्रभावकारी रुपमा आगाडि बढाउनका लागि बिना कुनै स्वार्थ एक करोड रुपैयाँ प्रदान गरेका छन् ।

बुधबार उनले संघलाई उक्त रकम प्रदान गरेको संघको सचिवालयले जनाएको छ। संघका वर्तमान अध्यक्ष भवन भट्टको आग्रहअनुसार नै आफूले संघको खातामा एक करोड रुपैयाँ जम्मा गरेको उपाध्यक्ष पन्तले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

यसअघि निवर्तमान अध्यक्ष शेष घलेले गोरखा भूकम्पका बेला राहत, उद्धार, पुनस्थापना र पुनर्वासका लागि एक करोड रुपैयाँ सहयोग गरेका थिए । संस्थाले सञ्चालन गरिरहेको ठूला योजनालाई निरन्तरता दिन केहि आर्थिक कठिनाई परेकोले संस्थागत योजना र कार्यलाई जीवन्त बनाउने उद्देश्यले बिनासर्त सहयोग गरेको पन्तले बताए ।



प्रतिक्रिया दिनुहोस्