Logo

काश्मिरमा भारत, चीन र पाकिस्तानबीच त्रिपक्षीय तनाव



काश्मिरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहँदा सीमा क्षेत्रमा गस्ती ह्वात्तै बढाएको छ । लदाक क्षेत्रमा भारत र चीनका सेना आमने सामने भएका छन् । कुनैपनि किसिमको झडप नभएपनि दुवै देशका सेना आमनेसामने हुनुलाई गम्भीरताका साथ लिइएको छ ।

भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले सीमामा तनावको अवस्था रहेको उल्लेख गरेको छ । यसलाई विगतमा दोख्लाममा भएको तनावसँग तुलना गरिएको छ । लदाकको फानगन सो ताल क्षेत्रमा भारत र चीनका सेनाको आमनेसामने भएको हो । यो तालको दुई भाग चीनको नियन्त्रणमा छ भने एक भाग भारतको नियन्त्रणमा छ ।

भारत र पाकिस्तानबीचको काश्मिरको सीमामा समेत सुरक्षाकर्मीको परिचालन बढाइएको छ । भारतले आतंककारी घुसपैठको खतरा बढेको भन्दै लाइन अफ कन्ट्रोलमा सुरक्षाकर्मी बढाएको हो । त्यस क्षेत्रमा सशस्त्र समूहका सदस्य मारिएको उसको दाबी छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान काश्मिरीको समर्थनमा र्याली गर्न यसै हप्ता पाकिस्तान नियन्त्रित काश्मिरमा आउँदैछन् । यसलाई दृष्टिगत गरेर पनि भारतले सुरक्षाफौज बढाएको हो । Photo Source: NDTV



प्रतिक्रिया दिनुहोस्