Logo

मलेसिया रोजगारीको निर्णय भोली



काठमाडौं, भदौ २६ । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने शुक्रबार सार्वजनिक गरिने बताइएको छ।

मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा भएको संयुक्त कार्यदल जेडब्लुजीको बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो। यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए।

लामो विवाद र रस्साकस्सीबीच सुरु भएको छलफलले मलेसिया रोजगारीको गाँठो फुकाउला त भन्ने चासोका रुपमा हेरिएको छ।वार्तामा सहभागी सदस्यका अनुसार नेपाली अधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट गरेका एक सय २२ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने अडान राखेका थिए।

मलेसियाली टोलीले वर्षमा एकदेखि डेढ लाख कामदार आपूर्ति गर्ने मुलुकमा त्यति धेरै स्वास्थ्य संस्था नचाहिने पुरानै अडान दोहो(यायो।

१६ महिना अघिसम्म मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३७ संस्थाले गर्थे। मन्त्रालयले ती संस्थाले स्वास्थ्य परीक्षण गर्दा सिन्डिकेट भएको दाबी गर्दै मलेसिया कामदार पठाउन रोकेको थियो।

मलेसिया जाने कामदारको राहदानी संकलनको जिम्मेवारी पाएको भिएलएनरओएससी तथा अध्यागमन सुरक्षाका लागि श्रमिकको औंठाछाप लिने आइएससीलाई मन्त्रालयले ठगी गरेको आरोप लगाएको थियो। पछिल्लो समय अदालतले ती संस्थालाई ठगी नगरेको भन्दै सफाइ दिइसकेको छ। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्