Logo

दशैंको मुखमा रविलाई थुन्न सरकारी वकिलको निवेदन, पूर्वपत्नी आउँदै



काठमाडौं, भदौ २६ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने नराख्ने टुंगो यसै हप्ता लाग्न सक्छ । सरकार वकिलले यसै हप्ता उच्च अदालत हेटौंडामा निवेदन दिएर शालिग्राम पुडासैनी आत्महत्या दुरुत्साहनको मुद्यामा र्पुपक्षका लागि थुनामा राख्न निवेदन दिएपछि यसको सुनुवाई हुँदैछ ।

सुनुवाईपछि निवेदनबारे उच्च अदालतले आदेश दिनेछ । यसअघि चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका थिए । रिहाको विरुद्धमा सरकारी वकिल निवेदनसहित उच्च अदालत पुग्यो । उनीविरुद्ध फैसला भए दशैंको मुखमा चितवन कारागार चलान हुने सम्भावना रहन्छ । पक्षमा फैसला भए उनी विगतमा झै सक्रिय रहन सक्नेछन् । तर, मुद्यासम्बन्धित विषयमा बोल्न पाउने छैनन् ।

यसैगरी, रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने नेपाल आउँदैछिन् । उनी असोजको दोस्रो हप्ताभित्र नेपाल आउने बुझिएको छ । उनले आउने दिनबारे केही खुलाएकी छैनन् । आउने दिनको खुलासा भएमा मिडिया पछि लाग्न सक्ने भन्दै उनले आउने दिन गोप्य राखेकी हुन् । अमेरिकामा रहेकी दुई छोरीलाई भने इशाले नल्याउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्