Logo

तीजमा पतिको पाउ धोएर क्यानडा उडिन् धमला पत्नी एलिजा



काठमाडौं, भदौ २६ । चलचित्र नायिका समेत रहेकी एलिजा गौतम योपटक निकै चर्चामा आइन् । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजाले पतिको पाउ धोएको तस्बिर र भिडियो भाइरल भयो । त्यसबारे सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया भयो ।

पढेलेखेकी बुझेकी भइकन एलिजाले किन यसो गरिन् भन्ने प्रश्न सर्वत्र उठ्यो । उनले यसको बचाऊ गर्दै संस्कृति र संस्कार अंगिकार गरेको जवाफ दिइन् । एलिजाले यसपटक तीजको ब्रत बसेर पतिको पाउ धोएर केही महिनाका लागि पतिबाट बिदा भएकी छिन् । उनी यतिबेला क्यानडामा छिन् ।

एलिजा आमा गीता गौतमसँगै क्यानडा उडेकी हुन् । यसै हप्ता क्यानडा उडेकी उनी छोराछोरीलाई समेत साथमै लिएर गएकी छिन् । यसपटक उनले छोरीको उपचार गर्ने बताइन् । उपचारकै लागि क्यानडा गएको उनको भनाई छ ।

अनुराग फिल्मबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी एलिजा चर्चामा आइरहन्छिन् । पति ऋषि धमला चर्चामा आइरहने हुँदा उनी पछि चर्चामा आउँछिन् । उनीहरुको पछाडि पछिल्लो समय युट्युबरहरु देखिनथालेका छन् । एलिजा क्यानडा उड्नु अघि पनि युट्युबरहरु विमानस्थल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्