Logo

कर्मचारी जोगाउन भन्सार विभागको आलटाल



काठमाडौं, भदौ २६ । झूटो विवरण पेष गरेर तेस्रो मूलुक निकासी गर्न लागिएको छाला फिर्ता ल्याउन भन्सार विभागले आनाकानी गरेको छ ।

विरगंजको सुख्खा बन्दरगाहा भन्सारबाट जाँचपास भएर भारतको कोलकत्ता बन्दरगाहामा समातियको छाला विभागले ल्याउन नचाहेको हो ।

बारको होङ हुई टेनरिज प्रालीले प्रशोधित लेदर भनेर इन्डोनेसिया निकासी गर्न लागेको तीन कन्टेनर छाला विगत तीन महिनादेखि कोलकत्ता बन्दरगाहामा रोकिएको अवस्थामा रहको छ ।

कोलकत्ता भन्सारले परिक्षण गराउँदा कच्चा प्रमाणित भएपछि भारतीय पक्षले सो बारेमा नेपाली पक्षलाई जानकारी गराएको थियो ।

२१ जूनमा सुख्खा बन्दरगाहा भन्सारमा पेश भएको कस्टम ट्रान्जिट डिक्लियरेन्समा क्रस्ट लेदर उल्लेख गरेर पठाउन लागिएको छाला घोषणा भन्दा फरक देखिएको हो ।

छाला फिर्ता ल्याउने कि जफत गर्ने भन्ने सम्बन्धमा वीरगंजस्थित भारतीय महावाणिज्यदुतावासले भन्सार विभागलाई पत्राचार गरिसकेको छ ।

तर, पत्राचारको एक महिना पुगिसक्दा पनि निभागलै कुनै प्रतिउत्तर दिन सकको छैन् । भन्सारबाट जाँचपाँस भएर गएको छाला फिर्ता ल्याउदा भन्सारका कर्मचारी अप्ठेरोमा पर्न सक्ने भन्दै भन्सार विभाग पन्छिन खोजेको देखिन्छ ।

विरगंज सुख्खा बन्दरगाहाको प्रमुख भन्सार अधिकृत रमेश श्रेष्ठ छाला भारतमा बरामद भएकाले भारतीय काुनु अनुसार उतै कार्वाहि हुनपर्ने तर्क गर्छन् । ‘जुुन देशमा समातिएको हो त्यहिको कानुन अनुसार कार्वाहि गरे त भइहाल्यो नि ’उनको भनाई रहको छ ।
भारतीय अधिकारीहरु भने नेपालबाट तेस्रो मुलुक निकासी हुन लागेको वस्तुमा आफ्नो मुलुकको कानुन आर्कषित नहुने दाबी गर्छन् ।

भारतमा निकासी भएका बस्तुमा मात्र भारतीय कानुन अनुसार काम कार्वाहि गर्न मिल्ने भारतीय पक्षको भनाई रहेको छ । आजको आर्थिक अभियानमा ओमप्रकाश खनालले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्