Logo

विप्लवका छोरा प्रकाश रिहा



काठमाडौं, भदौ २६। अस्पतालको सेवा सुविधालाई नै प्रभावित पार्ने गरि आन्दोलन गरेको आरोपमा पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लप’का छोरा प्रकाश चन्द रिहा भएका छन । बुधवार पक्राउ परेका उनी सहित १५ जनालाई रिहा गरेकोे चितवन प्रहरीले जानकारी दिएको छ ।

बुधवार विहान चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए ।

उक्त आन्दोलनका अगुवाई प्रकाशले गरिरहेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।आन्दोलन गर्देमा पक्राउ गर्न नहुने भन्दै चौतर्फी दवाव भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्