Logo

जब मोदी फ्याँकिएका प्लाष्टिक उठाउन थाले (भिडियोसहित)



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको मथुरा पुगेर प्लाष्टिकको पुर्नप्रयोगका लागि त्यसको व्यवस्थापन गर्ने ठाउँमा पुगे । त्यहाँको अवलोकन गर्न पुगेका उनी आफै बसेर प्लाष्टिक पुर्नप्रयोगका लागि छुट्याइरहेका महिलाहरुसँगै काम गर्न थाले ।

बुधबार मथुरामा पुगेका मोदीले महिलाहरुसँग प्लाष्टिक छुट्याउने कामबारे कुरा गर्दै काम गरे । उनले प्लाष्टिक छुट्याएको दृश्य र भिडियो चर्चामा छ । सामान्य परिवारमा जन्मिएका मोदी ‘स्वच्छ भारत’ अभियानलाई जोडबल दिइरहेका छन् । उनको उद्देश्य शहर र गाउँ सफासुग्घर राख्ने रहेको छ । गंगा सफाई अभियानमा मोदी लागेका छन् । उनले आफूले पाएको उपहार लिलामी गरी गंगा सफाई अभियानलाई दिने भएका छन् ।

मोदीले मथुरा पुगेर बुधबार नै पशु आरोग्य मेला उद्घाटन गरे । मेलाको अवलोकन गर्दै गाईलाई माला लगाइदिए । तस्बिर स्रोतः DNAIndia

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्