Logo

धमलाको कार्यक्रममा कांग्रेस र कम्युनिष्ट नेताबीच झडप (भिडियोसहित)



काठमाडौं, २६ भदौ । पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा कम्युनिष्ट र कांग्रेस नेताबीच फेरी झडप भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब प्रसाद बडाल र कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवबीच आरोप प्रत्यारोपको सिलसिलामा झण्डै झडप भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कांग्रेस नेता यादवले तीन करोडको पानी पिउने गरेको आरोप लगाएपछि नेकपा नेता बडाल यादवमाथि खनिएका थिए । त्यतिमात्रै होईन, कांग्रेस नेता यादवले यस्तै पारा रहिरहे आफूहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूनः राजा बनाउने घोषणा गरेका थिए । त्यसमा पनि नेता बडालले कडा प्रतिवाद गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्