Logo

अबको एनआरएनए को ? कुमार पन्त की कुल आचार्य ? यस्तो भयो रातारात सहमति (भिडियोसहित)



काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन नजिकिँदैछ । आसन्न निर्वाचनमा अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी घोषणा गरिसकेका छन् ।

तर, यसपटकको निर्वाचनमा एनआरएनएभित्र प्रत्यक्ष राजनीति प्रवेश गर्ने यो मुभमेन्टमा सुरुवातदेखि लाग्ने अगुवाहरुको दाबी छ । एनआरएनए नेता तथा द ब्रिटिश कलेजका संस्थापक महेन्द्र कँडेलले यो पटकको निर्वाचनमा धेरै राजनीति हाबी भए सर्वसम्मतीले पनि नेतृत्व चयन गरिने विश्वास दिलाए ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो अवसर पाउँदापनि सही सदुपयोग गर्न नसकेको आशय व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई अहिल्यै नै सफल भन्न नमिल्नेपनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्