Logo

‘तीन करोडको पानी पिउने प्रधानमन्त्री’



काठमाडौं, भदौ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड मूल्य बराबरको पानी पिउने गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले आलोचना गरेका छन् । जनताले सफा पिउने पानी पिउन नपाइरहँदा प्रधानमन्त्रीले वार्षिक तीन करोडको पानी पिएर जनतालाई धोका दिएको उनको भनाई थियो ।

‘प्रधानमन्त्री वर्षको तीन करोडको पानी पिउनुहुन्छ,’ पूर्वमन्त्री समेत रहेका यादवले प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् मा ऋषि धमलासँग भने, ‘जनतालाई कहिलेसम्म यसरी धोका दिने ?’ मेलम्ची नियोजित रुपमा नल्याएर अनियमितता गरेको समेत आरोप लगाए । प्रधानमन्त्री देश र जनताप्रति जिम्मेवार नभएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्