Logo

छैठौं ‘इनास फिल्म अवार्ड’ हुँदै



अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले काठमाडौंमा छैठौं “इनास फिल्म अवार्ड”को आयोजना गर्ने भएको छ । इनाले एक प्रेस विज्ञप्ती जारी गर्दै यस विषयको जानकारी गराएको हो । समिति संयोजक मनिष कुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीका अनुसार उक्त कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा २७ असोजमा हुने भएको छ ।

वरिष्ट संगीतकार रञ्जित गजमेरलाई इनासले “लाइफटाइम अचिभमेन्ट अवार्ड” बाट सम्मानित गर्ने भएको छ । नेपाली फिल्मका गीतहरुमा उनले गरेको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको विज्ञप्तीमा उल्लेख छ । संयोजक श्रेष्ठले कार्यक्रमलाई सभ्य र भव्य बनाउने तयारी सुरु गरिएको विज्ञप्तीमार्फत जानकारी दिए ।

यो अवार्ड नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण वर्ष–२०२०” लाई सहयोग पुर्याउने उद्देश्यले गर्न लागिएको जनाइएको छ । अवार्डमा सयौंको संख्यामा एनआरएनहरुको उपस्थिति रहने जनाइएको छ । यो अवार्ड ‘ममता र समर्पण मातृभूमिको लागि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको छ । जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाडौंमा जस्ता ठाउँहरुमा यो अवार्ड भइसकेको छ । Photo Source: FilmyKhabar



प्रतिक्रिया दिनुहोस्