Logo

जापनमा ‘सूर्य इन्टरनेशनल अवार्ड’



सुर्य कर्पाेरेसन लिमिटेडले जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करणको आयोजना गर्ने भएको छ । टोकियोलाई संसारको सबैभन्दा महँगो शहर मानिन्छ । सूर्य कम्पनीका अध्यक्ष बासुदेव लामिछानेले २४ भदौं राजधानीमा एक कार्यक्रमको बीच अवार्ड आउँदो २४ नोभेम्बरमा हुने घोषणा गरेको छ । गायन, अभिनय, नृत्य र हास्य विधामा अवार्ड प्रदान गरिने छ । अघिल्लो वर्षभन्दा झनै भव्य बनाउने दाबी गरिएको छ ।

अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । नोमिनेशनमा परेकालाई आयोजकले आफ्नै खर्चमा टोकियो लैजाने कार्यक्रममा जानकारी गराइयो । अवार्डमा गत वर्ष २०७५ साल १ वैशाख देखि ३० चैत्र सम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले भाग लिन पाउनेछन् । नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई ’लाइफटाइम एचिभमेन्ट अवार्ड’, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई ’फिल्मकर्मी सम्मान’ र एक पत्रकारलाई ’फिल्म पत्रकारिता सम्मान’ पनि प्रदान गरिनेछ । गएको वर्ष पनि ‘सूर्य इन्टरनेशनल अवार्ड’ जापानको टोकियोमा नै भएको थियो । पछिल्लो समय नेपाली फिल्म अवार्ड विदेश भूमिमा आयोजना हुने क्रम निकै बढेको छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछानेलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्