Logo

नियन्त्रीत लागूऔषध सहित तीन जना पक्राउ



धनुषा, २६ भदौ । नियन्त्रीत लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका १० मा बस्ने संजु खड्का रहेका छन् । प्रहरीले खड्का सहित तीन जनालाई २५ भदौको विहान पक्राउ गरेको हो ।

प्रहरीले मिथिला नगरपालिका १० हस्पिटल चोकबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ८८ एम्पुल, फेनरागन ९१ एम्पुल र लुपिजेसिक ८९ एम्पुल सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्