Logo

घरमा हातहतियार जम्मा गर्ने पक्राउ



कास्की, २६ भदौ ।  घरमा जम्मा गरी राखेको विभिन्न हातहतियार सहित प्रहरीले युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ खम्राङ बस्ने बम बहादुर तामाङ लगायत चार जना रहेका छन् । उनीहरुलाई विभिन्न हातहतियार सहित २५ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको घरमा राखेको तीन नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको तीन थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, एक थान भरुवा बन्दुकको बट, करिब पाँच केजी सतुवा र दुई थान भरुवा बन्दुकको नाल बेसाबुत अवस्थामा फेला पारी उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot