Logo

प्रहरीमा प्राविधिक तर्फ डीएसपी र इन्सपेक्टरको नतिजा आयो



काठमाडौं, २६ भदौ । प्राविधिक प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप – समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार परीक्षा दिएका परीक्षार्थीहरुको नतिजा सार्वजानिक गरिएको महाशाखाले जनाएको हो ।

उत्तीर्ण भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुने भएको छ ।

यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग,भर्ना छनौट महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्